समुदाय र संचारबीचको अन्तर सम्बन्ध तथा एक आपसमा मिलेर सामुहिक आर्थिक गतिविधी सम्बन्धि कार्य गर्ने सोचका साथ सामाजीक तथा राजनितिक क्षेत्रमा काम गरिरहेकाहरुको सक्रिय ब्यक्तीहरुको सक्रियतामा जनमुखि अभिायन प्रा.लि स्थापना गरिएको हो ।
समृद्घिका लागि आवश्यक विकास, कृषि, वन, स्वास्थ्य, शिक्षा, सहकारी, पर्यटन, ब्यापार, सरसफाई, रोजगार तथा अधिकार सम्बन्धी सूचनाको प्रभावकारिता ध्यानमा राखी संचार जस्तो महत्वपूर्ण क्षेत्रमा सुरुवाती कार्य गर्ने भन्ने उद्देश्यका साथ स्थानिय रेडियो, पत्रिका तथा समाचार अनलाईन चलाउनुको साथै सामुहिक आर्थीक कार्यमा जोड दिने मा सोचमा अगाडी बढेको हो ।
मुख्य कुरा पर्यटकीय नगरी थाहा नगरपालिकामा संचारको माध्यमवाट धेरै भन्दा धेरै समुदायको समस्यालाई अझ प्रभावकारी ढंगले उठाउन सकिन्छ, सामाजिक मूल्य, मान्यता र अभ्यासलाई नगरपालिकाको साथै देशको कुनाकुनासम्म आवाज विहिनहरुको आवाज वनेर जिवन स्तर उकास्न सकिन्छ भन्ने हो ।
हाल दैनिक १७ घण्टा प्रशारण भैरहेको यस दामन एफ.एम. ९०.८ मेगाहर्ज हाल थाहा नगपालिकाको सबै वडा, (थाहा नगरपालिका साबिक आग्रा र टिष्टुङ गाबिस हाल थाहा वडा नम्बर ७, ८, ११ र १२) साथै, छिमेकी गाउँ पालिकाहरुः कैलाश, ईन्द्रसरोवर,भिमफेदी तथा मकवानपुर जिल्लाको धेरै भु–भाग र धादिङ, बारा, सर्लाहि, पर्सा जिल्लाको ठोरी र भारतिय सिमाना, चितवन, गोरखा, नुवाकोट, रसुवा, काठमाण्डु, ललितपुर, भक्तपुर, लमजुङ लगायतका जिल्लामा स्पष्ट सुन्न सकिन्छ । यस रेडियो थुप्रै हिमाली रेञ्ज जहां अन्य संचार माध्यमको एकदमै कमी रहेको ठाउँमा समेत प्रस्ट सुन्न सकिन्छ । अनलाईन सेवा www.thahapati.com जनमुखी साप्ताहिक पत्रिका र दामन एफ.एम. ९०.८ मेगाहर्ज संसारभर पढ्न, हेर्न र सुन्न सकिन्छ ।